बुधबार, ३० पुष, २०८२

कविता-जेन जी तिमी

सिंहदरवार   जल्यो   अनि   जल्यो  संसदिय  भवन
त्यो  सर्वोच्च  अदालत  सँग सँगै   अनेकन   भवन  
आवेगमा हत्याहिंसा बढ्न सक्छ शान्ति खोज्नु पर्दछ 
देश  लाई चाहिएको  यो बेलामा  निकास् दिनु पर्दछ ।

राजनीतिक स्थिरता सँग सँगै खोज्यौ स्थिर सरकार 
खोज्यौँ जनताका लागि सहजता   आय र रोजगार  
शक्ति राष्ट्र ती प्रभावमा   राखलान्  नपर्नु  प्रभावमा
संकट  हरू   झेलि   रहेको   बेला   नपर्नु दवावमा ।

जब  सबै  थोक  बदल्दैछौँ  भने  व्यवस्था   बदलेर
सुझ  बुझ  राख्ने  यो  बेला  हो  अव  नगरेर  अवेर
रोजेको  कार्यकारी  प्रधानमन्त्री राख्न  लाई नचुकी
जेनजी अव तिमी   जाग्नु  पर्दछ  ढिलो कत्ति नगरी   ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार