सोमबार, २५ फाल्गुन, २०८२

कविता-भुल

प्रत्येकको जीवनमा भुलहरू भन्ने अनेकौँ हुने रहेछन्
अच्चम भुलनै गरिन भनेपनि भुल हुन जाने रहेछन्
कहिले समूहबाट भएको कामको अपजस लिनुपर्ने
कहिले समूहबाट नभएको कामको अपजस थेग्नुपर्ने ।

कहिलेकाहीँ समय सन्दर्भ बुझ्न नसकेर भुल हुने रहेछ
कहिलेकाहीँ परिस्थितिहरू बुझ्न नसकेर भुल हुने रहेछ
कहिले बिश्वास गरी कहिलेकाहीँ नगरी थुप्रै काम बिग्रिने
कहिले कतै सहभागी भएरत कहिले नभएर काम बिग्रिने ।

कहिलेकाहीँ कसँसँग सल्लाह नलिएर ठुलै भुल हुने रहेछ
कहिलेकाहीँ नलिनु पर्नेसँग सल्लाह लिएर बिग्रिने रहेछ
अच्चम! कहिले गर्ननहुने सँगको संगतले जीवन ध्वस्त हुने
दुर्दशा! कहिले संगत गर्नै पर्नेँसँग नगर्दा जीवन बर्वाद हुने,

बुझ्नै सकिएन यी जीवनका स्वभाव हुन् या नियतिहरू
बुझ्नै सकिएन के हुन् समय सापेक्ष काम र अनपेक्ष काम ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार