देश परिवर्तनको संघारमा छ।
भ्रष्टको अन्त्य हुनलाई कठिन परिस्थितिमा छ।
देशले जननिर्वाचित कार्यकारी चाहेको छ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री खोजेको छ।
विषय विज्ञ मन्त्रीहरू चाहेको छ।
यति मात्रै होइन नेपाल आमा,
सम्पूर्णलाई स्वास्थ्य शिक्षा निःशुल्क खोजेको छ।
बेरोजगार युवालाई,
आफ्नै देशमा रोजगारीको ग्यारेन्टी खोजेको छ।
उद्योग धन्दा स्वदेशमै स्थापना हुनुपर्ने भनेको छ।
निजी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने भनेको छ।
यति मात्रै होइन नेपाल आमा, संघियता खारेजी हुनुपर्ने भनेको छ।
युवा सबै खाडीमा भ्रष्टको मस्ति हेलीमा हुने,
व्यवस्थाको अन्त्य गर्न चाहेको छ।
कमिसन खोरीको अन्त्य गर्न खोजेको छ।
गरिब निमुखाले सहजै न्याय पाउनुपर्ने भनेको छ।
नेपाल आमा मलाई माफ गरी देऊ,
यी भ्रष्टको खप्पलाई सुली चडाउने बेला
म अशक्त भएको हुँदा यो मनमा पीडा धेरै छ।।
अनि मात्र सबै सम्मान भएको हुनेछ।
जय मातृ भुमि