“एकोऽहम्, द्वितीयो नास्ति, न भूतो, न भविष्यति!”
(म, म र केवल म! म जस्तो न कोही थियो, न कोही हुनेछ!)
यही अहंकारले एकदिन रावणको पतन निश्चित गर्यो।
आज त्यही अहंकारको छायामा, एक वृद्धको लहडले देश रोइरहेको छ।
र इनिहरुको पतन पनि निश्चित छ।
राजनीतिक दम्भमा, जब विवेक अन्धो हुन्छ,
तब सत्ताको मातमा, मानवता नै खरानी हुन्छ।
बालक मारी बनाए देशलाई रणभूमिको मैदान,
जलेको भविष्य हेर्दै मुस्कुराए, ती निर्दयी शक्तिवान।
शान्तिका परेवा उडेका छन्, रगतले माटो हिलाम्य छ,
यो कस्तो शासन हो, जहाँ आफ्नै भविष्य असुरक्षित छ?
जताततै मारिए कलिला बालक बाटो, टोल अनि चोकचोकमा,
रगतको आँसु रुदैछ बुद्ध स्वरूप, स्वयम्भू आज शोकमा।
इतिहासले सिकाएको पाठ बिर्सेर, उही भूल दोहोरिँदैछ,
घमण्डको सिंहासनमा बसेर, कोही आफूलाई ईश्वर ठान्दैछ।
तर याद रहोस्, समयको चक्र घुम्छ, अहंकार धेरै दिन टिक्दैन,
जब जनता जाग्छन्, तब ठूला-ठूला सिंहासन पनि ढल्छन्।
अब त अति भयो, कहिलेसम्म सहने यो अत्याचार?
फर्काइदेऊ शान्तिको परेवा, फर्काइदेऊ हाम्रो संसार।