एउटा सरकार गरिब मारेर गयो।
आफ्नो अंहकार सँग हारेर गयो।
हामीले नेपाली सपुत गुमायो।
उसले कुर्सी गुमायो।
हामीले आफ्नो संघर्ष जितेका छौं।
जनताको आसा जितेका छौं।
अब आवेग जित्नु हुँदैन।
हाम्रो आवेगले जितिरहँदा।
देश हार्नसक्छ।
हामी जसले जिते पनि हारे पनि ।
देशले हार्न हुँदैन।
पहिला जलिरहँदा निभाइन्थ्यो।
अहिले निभि रहँदा जलाइन्छ।
पहिला जल्छ कि भनेर पानी ल्याउँथे।
अहिले जलाउ छन् कि भनेर पानी लुकाउन्छन्।
पहिला एउटा घर जल्दा सबै निभाउन आउथे ।
अहिले सिंहदरबार जलिरहेछ, हामी हेरि रहेछौं।
पुरै संसार हेरिरहेछ।
मानवीय संवेदना जलिरहेछ।
देश जलि रहेछ, हामी निरीह भएका छौं।
आगो नलगाउ भन्ने कोही छैन।
गोलि नचलाउ भन्ने कोही छैन ।
मार्नु हुँदैन भने कोहि छैन।
भने पछि आफू मर्नुपर्छ कि भन्ने डर छ।
देश माउ बिनाको चल्ला जस्तै ।
अभिभावक बिहिन छ।
निर्जीव संरचना हो हाम्रो करबाट बनेको।
उसलाई केही थाहनै छैन।
जलाए जल्छ, ढलाए ढल्छ।
भोलि फेरि हामीले बनाउनु पर्छ।
हामीले एम्बुलेन्स जलायौं।
बिरामी कसले बोकी दिन्छ?
हामीले देश जलायौ आँसु कसले रोकि दिन्छ?
एउटा मुर्खले बोलिको आदेश दियो।
अर्को मुर्खले गोलीको आदेश दियो।
हामीले रगत दियौं ।
हाम्रो आसा ढल्यो।
परिवारको भरोसा ढल्यो।
देशको सपूत ढल्यो।
उ अब कहिलै उठ्ने छैन।
हामीले रगतको बदला रगत बगाउनु भन्दा
देशलाई सदियौ सम्म नढल्ने गरि उठाउनु पर्छ।
नत्र देश ढलिरहनेछ।
आगो बलिरहनेछ।
दन्दन् चलिरहनेछ।
विबेकको हतिहारबाट
आबेगको पुणविराम लगाउँदै।
स्वर्णीम गन्तव्यको सिलान्यास गरौ।
