सोमबार, ९ भाद्र, २०८२

कविता-कर्णालीको सत्य अनि तीतो

गरिबीको गन्ध छ,
दुःखको चित्र छ,
कर्णालीका छातीभित्र
घाउको मित्र छ।

विद्यालय त छ तर
किताब छैन हातमा,
बुझाउने को छ र,
यहाँ शिक्षाको शत्रु छ।

काँचो सडक, हिलो,
बाढीको डर छ,
हरपल बाँच्न पनि,
संघर्षको पत्र छ।

नेता आउँछन्, भाषणमा
सपना बेच्छन्,
तर जनताको भाँडो
सधैं खाली मात्र छ।
छोरी बेचिन्छ,छोरा
वैदेशिक भइ जान्छ,
घरमा आमा रोइरहेकी,
त्यो कथा तित्रो छ।

हावासँगै उड्न खोज्दा,
पखेटा जलाउँछ,
कर्णालीको सपना अझै
केवल जलिरहेको एक चित्र जस्तै छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार