बिहीबार, ७ फाल्गुन, २०८२

कविता – तीज अनि विकृति

महिलाहरूको महान् चाड भन्छन्
अरे यो तीजलाई!
बढ्दो विकृतिले लौन लाजमर्दो,
बनाइसक्यो सबलाई
छोरीचेलीका गीत सुन्न जम्मा हुन्थे
आँगनमा पहिले
सुन्न हेर्न नसकिने तीज गीतले,
दिक्क भाछन् अहिले

मादलको ताल,वेदना भरिएका
दोहोरी कता हरायो
क्लब अनि डिस्को,
अङ्ग्रेजी गीतमा उफ्रने पो गरायो
तीजको अघिल्लो दिन मात्र,
चलन थियो रे दर खाने
अहिले महिना दिन अघिबाट नै
महँगा पार्टीमा रम्ने

दहीदुध र फलफूल खाने
ती दिदीबहिनीहरू पहिले
ह्विस्कीका बोतल हल्लाउँदै,
नाच्न थाले लौ अहिले!

जे छ त्यसैमा खुसी हुँदै,
तीज पर्व मनाउँथे पहिले
तँछाडमछाड गर्दै,
गहना र कपडा प्रदर्शन अहिले

चोरी, लुटपाट निकै कम थिए,
तीज मनाउँदा पहिले
के सारो बढ्यो लौ न हजुर!
यस्ता घटनाहरू अचेल

विकृति बढ्दो छ,
दिनदिनै संस्कृति हाम्रो नाङ्गिँदै छ
आधुनिक तीज यस्तै हो भन्दै,
लौ झ्याली पिटिँदै छ!
संस्कृति हाम्रो पहिचान,
जगेर्ना गर्ने दायित्व हाम्रै हो
सुन्दर सन्देश प्रवाह गर्दै,
मनाऊँ है तीज यसपालिको!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार