मंगलवार, १३ माघ, २०८२

कविता : म छोरी हुँ

म छोरी हुँ,
अब न अडाउ मेरो बाटो,
सपना बोकेकी छु
हावासँगै उठ्ने चाहना पालेकी छु।
घाममा झुल्किए पनि म ओइलिन्न,
छाँया जस्तो होइन,
उज्यालो बनिनँ।

म त अक्षर हुँ लेखिँदा,
नयाँ अर्थ दिने,
म त स्वर हुँ
सुन्दै जाँदा मुटु छुने
कसैले रोकेर के हुन्छ र?

छोरीको मुटुमा आदिले पनि,
ठाउँ पाउँदैन कहिले
म पिँजडा होइन,
जसलाई बन्द गरिन्छ,
म आकाश हुँ जसलाई उडेर नापिन्छ
घरको भान्साबाट राजनीतिसम्म,

मेरो उपस्थितिले अब कुर्नेछ
समयको दिशासम्म
सपना सङ्घर्ष र साहसको नाम हो,
म हुँ,
म छोरी हुँ,
परिवर्तनको मूल नाम हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार