हामी किसान, माटोको सन्तान,
हाम्रै छातीमा फुल्छ धान,
हाम्रै हातले हरियाली लेखिन्छ,
पसिनाले इतिहास लेखिन्छ।
दूधको घैँटो, मासुको गन्ध,
सबैमा लुकेको छ हाम्रो पसिनाको सम्बन्ध।
कहिले कुखुरा, कहिले बंगुर खोरमा हुर्काउँछौं,
कहिले माछा, कहिले सिँचाइ पोखरी बनाउँछौं,
साँझ बिहान हरियो बारी सजाउँछौं,
हामी सपना होइन, सम्भावना हुर्काउँछौं।
कति चोट खायौँ, कति रात रोयौँ,
कति उक्साहट, तर्साहट भोग्यौँ,
तर नथाक्यौँ, नझुक्यौँ,
देशमै केही हुन्छ भन्ने हिम्मत रोज्यौँ।
न उड्यौ विदेशमा, न माग्यौं सुन,
हामीले रोप्यौँ माटोमा जुन।
सिप थियो, साँचो थियो आत्मबल,
सङ्घर्ष सँगै गर्यौँ सधैं छलफल।
र आज…
मञ्च उज्यालो छ, मन उज्यालो छ,
मन्त्रीज्यूको करकमलले सम्मान पाउँदा,
हाम्रो पसिनामा परेको घाम मुस्काएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
श्री विनोद कुमार शाहज्यूको उपस्थिति
दैलेखको माटो मुटुमा बजेको बाजा हो,
हामी किसानको सपना साँचिएको साजा हो।
मुख्यमन्त्रीको नाममा पाइएको,
यो पुरस्कार सिर्फ कागज होइन,
यो वर्षौं वर्षको मेहनतको,
उधारो चुकाइएको प्रहार हो।
यो गोठको छानोको शिर हो,
कसैले नसुनेको गोठालोको गीत हो।
यो आमाको खुसी, बाउको मुन्टो हो,
यो बाँझो खेतबारीले बोलेको “शाबास!”
भन्ने मन्त्रो हो।
अब हाम्रो यात्रा रोकिँदैन,
पोखरी सुक्दैन, बीउ मर्दैन।
हामी अझै रोप्छौं आत्मबल,
बगाउँछौं उत्पादनको बल।
हामी किसान, अब माग्दैनौं
दिन्छौं राष्ट्रलाई,
भोलिको भरपर्दो आधार।
बिकटता होइन अब














