एक युग जान्माएर
नव पथ,नव जनलाई दिई
हिड्ने एक महापुरुष
महिमा गाउन नपुग्लान् हाम्रो शब्दहरू
एक मन्दिरले तिर्थालु नसम्झेला तर
कुनै तिर्थालुले मन्दिर बिर्सिदैनन्
तिमी त्यहीँ भाषिक सरलताको पुजारी हौ
भाषिक सरलता र सहजताको भकारी हौ
तिम्रो रचनाहरू जो हाम्रो मन्दिरका ढोकाहरू
अमर कोहि हुदैन लेखान्तमा
कर्म गरेर,छाप छोडेर एक अमरपन देखाइ
इतिहासमा ठाउँ ओगेर
एक बाटो डोर्यायौ
साँच्चै तिम्रो योगदान अतुलनीय छ
के गरुँ म वर्णन तिम्रो ?
शब्दको टपरी गाँसेर समृद्धिको सपनाहरुको
पखेटा जोडेर छोडिदियौं स्वतन्त्रताको निल गगन तिर
जसलाई टहल्दै हिड्ने एक आदत बन्यो हाम्रो
तिमी थियौं र त इतिहास लेखियो,
शब्द लेखेर पनि बाँच्ने सम्भावना देखियो
पृथ्वीनारायण शाहले देश बनाए जस्तो
दृढताको खन्जर चलाएर तिमीले चिरफर गरेको
सरल बाटोमा कलम समाएर दौडिरहेछौँ
तिम्रै मार्गदर्शन मा लम्किरहेछौँ
तिमीले भाषाको एकिकरण गरिदियौं र त
हामि बोलिरहेछौँ
लेखिरहेछौँ
साँच्चै तिम्रो योगदान अतुलनीय छ
म छु भनि अरुलाई सम्झाउनु भन्दा
कोही छ भनि अरुले सम्झिनु
बालक देखि वृद्ध सबैको मानसपटलमा बस्नु
कतै पढिनु,कतै आदर्श हुनु
कतै नेपाली वाल्मिकीको उपमा पाउनु
हरेकको ओठमा झुन्डिनु
भाषिक मातृत्व जन्माउनु
निशब्द वर्णनात्मक छ ।
युग जन्माएर युगौं युगसम्म बाँचिरहने
आज शाब्दिक पुष्पगुच्छा अर्पण गर्दै
हार्दिक श्रद्धा सुमन तिमीलाई
कालन्तरमा स्मारण गरिरहन्छन् हरेक मन तिमीलाई
साँच्चै “भानु” तिम्रो योगदान अतुलनीय छ ।