मंगलवार, १३ माघ, २०८२

लघुकथा – झोले

म बाटोमा एक्लै हिड्दै थिएँ । उताबाट हरिबहादुर आउदै थियो। हामी विपरीत दिशातिर जाँदै गरेकोले जंकाभेट भेट भयो । हरिबहादुर के छ खबर सञ्चै छौ? हजुर एकदम ठिक छु बरु तिम्रो के छ ? उसले मतिर प्रश्न गर्दै मेरो हालखबर सोध्यो । मैले पनि ठिकै छु भनेँ।

अनि कताबाट आयौं? मैले सोधेँ । हरिबहादुरले हर्षित मुहारमै भन्यो,”पार्टीको बैठक थियो”। पार्टी कार्यालयमा हाम्रो पार्टीका जिल्लाका सबै नेता आउनुभएको थियो। पार्टीको आन्तरिक छलफल थियो। आगामी दिनहरूमा पार्टीको उन्नति प्रगति र आगामी चुनाव बारे विशेष रणनीति तयार गर्न बैठक बसेको कुरा उसले एकोहोरो रुपमा मलाई भनिरह्यो ।

ए ए ! अनि आगामी संघको चुनावमा तिम्रो पार्टीबाट को लड्ने भयो नि ? गत साल पालिका चुनावमा हार्नुभएको जंगबहादुर हाम्रो आदरणीय दाजु उठ्ने कुरो छ । उसले भन्यो !

मैले सोझै रुपमा भनेँ । ए त्यहीँ गाउँको चेलीबेटी,आफ्नो नाता पर्नेलाई शारीरिक दुरव्यहार र बलात्कारको प्रयास गर्नेवाला नेता ? हरिबहादुर अक्क न बक्क हुँदै भन्न थाल्यो । त्यस्तो गर्नुभएको छैन् उहाँले उहाँ यो गाउँ समाज र जिल्लाको विकासको निम्ति अहोरात्र खटिने नेता पो हुनुहुन्छ । उसले क्या मज्जासँग खुलेर भन्यो !

मैले केही बोलिनँ । मनमनै हाँसो पो लाग्यो! उसलाई भन्न मन धेरै थियो तर भनिनँ । अनि मनमनै भनेँ ‘ देश खोक्रो बनेको यस्तै पार्टीका झोले कार्यकर्ताले गर्दा पो हो! यिनीहरू यतिसम्म मूर्ख हुन्छन् ! आगोलाई पानी,पानीलाई आगो भनिदिन्छन् । केवल कुरामा सिमित गर्छन् “समृद्ध नेपाल सुखी नेपाल”

अनि यिनका कार्यकर्ता हो मा हो मिलाउछन् । क्या मज्जाले ताली पड्काउछन् । क्या हाल छ यी झोलेहरूको !

यस्तै यस्तै सोच्दै थिएँ । हरिबहादुर सोध्छन् ,मलाई हतार छ, म जान्छु अब । हुन्छ म पनि जान्छु । दुबैजना आआफ्नो बाटो लाग्छौं ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार