सोमबार, २ असार, २०८२

कविता : मौसम

टलक्क टल्कियो हिमाल,
काला बादल हटेपछि,
मसक्क मस्कियो घाम,
त्यो पश्चिमी वायु झरेपछि !!

लाग्छ सेतो घाम पारिलो
घमाइलो बन्दैछ मेरै लागि
आकास देख्छु, चकमन्न,
मनभरिका बह बगेपछि !!

भट्किन्छ कति आत्मा,
प्रभुले प्राणवायु भरेपछि,
नाँच्दछ जति पानी,
यो पृथ्वीमा सागर बनेपछि !!

फक्रिन्छ फन्केर फूल,
बसन्तले आगमन गरेपछि,
झुल्किन्छ अनि पुतली,
बगैंचा नै रङ्गिन बनेपछि !!

बाँच्दछ कति जिवात्मा,
धर्तिमा हरियाली छाएपछि,
भुल्दछ इश्वर मानव,
यो भवसागरमा जन्मिएपछि!!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार