भेरीले बगाएको नवराजका,
सपनाको भाषणमा कथा बुन्नेहरु
के तिमीहरुलाई साँच्चै जात व्यवस्थाले पोल्छ?
यो मान्छे हो कि ढुंगो हो खै कहिले बोल्छ?
माया गरेकै भरमा भेरीमा नवराज लगायतका साथीहरुको रगत बग्छ,
बलात्कार पछि हजारौं छोरीहरुको सपना मर्छ ।
अपराधी खुलेआम साँढे भएर घुम्ने गर्छ,
यो कुराले तिमीलाई कहिले पोल्छ ?
यो मान्छे हो कि ढुङ्गो हो खै कहिले बोल्छ?
तिम्रा सिद्धान्त र तिम्रा वादहरुले
र,
तिम्रो सरकारले बनाएको नीतिले कहिले बोल्छ?
त्यहीँ नीतिलाई तिमीले,
लात हानेर पीडितलाई गरेको,
अन्यायले कति पोल्छ?
यो मन्छे हो कि ढुङ्गो हो खै कहिले बोल्छ?
हे विद्वानहरु एउटा मान्छेले मान्छे भएर बाँच्न नपाएको कुराले तिमीलाई कहिले पोल्छ?
यो मान्छे हो कि ढुङ्गो हो खै कहिले बोल्छ?
भ्रष्ट, चोर, चोरहरुकै एकै स्वर,
अनि फाइल कस्ले खोल्छ?
लाल बहादुर विक जस्ता,
निर्दोषहरु भ्रष्टाचारमा फस्दा कस्ले बोल्छ?
नवराज , सम्झना, लालबहादुरहरुका
थुप्रै पिडाका आँसुले भतभती,
यो छाती पोल्छ
यो मान्छे हो कि ढुङ्गो हो खै कहिले ?