मंगलवार, ३ असार, २०८२

कविता : आउँनेछ त्यो दिन

बारूदको चिहानमाथि
निर्दोष सपनाहरू डढालेर
कुन श्वार्थको
व्यापार गरिरहेछौ?
रगतको पोखरीमा
सद्भावको कमल फुल्दैन
तिमीले भ्वाङग पारेको
धर्तिको छातिमा
अब कसरि
उफ्रन सक्लान
यि कलिला नानीबाबुहरू?

युद्ध भयानक हुन्छ
त्यो भन्दा भयानक हुनेरहेछ
युद्धपछिको सन्नाटा
तिमीले जतिसुकै
शान्ति, मानवता
अनि प्रजातन्त्रको
डमरू बजाए पनि
तिम्रो आँखामा
प्रष्ट देखिन्छ
अहमको आगो
तिमी जति जति
प्रेम र भाइचारा भन्छौ
त्रासदी खस्दै जान्छ
यो भूगोलभरि

तिमी हात मिलाएर
गर्दन ताक्छौ
गला मिलाएर
छुरी धस्छौ
तिम्रो न विगत सुन्दर थियो
न वर्तमान भरोसालायक छ

तिमीले भियतनाम ताक्यौ
खसाल्यो बम
कोरियाली भूमिमा
धवस्त पार्‍यौ जापान
जरा काट्यौ सोभियतको
लुट्यौ अफ्रिका
निचोर्‍यौ ल्याटिन अमेरिका
तिमीले आगो झोस्यौ इराकमा
क्षतविक्षत बनायौ अफगानिस्तान
मार्‍यौ गद्दाफी लिवियामा
सिध्यायौ सिरिया पनि
तिमीले आज चिथोर्दैछौ
इरान र प्यालेस्टाईन

बश हेर्न बाँकी छ
तिम्रो भविष्य
कुनै दिन त आउँला पक्कै
लखेटिएलान
तिम्रो खुनि दुतावासहरू
हरेक ठाउँबाट
आउनेछ पक्कै त्यो दिन
ढल्नेछ तिम्रो साम्राज्य
मानौं तिमी कुनै
दुष्ट पर्खाल हौ
जसले छेकेको छ
यो भूगोलको उज्यालो

आउनेछ पक्कै त्यो दिन
लखेट्नेछन् तिमीलई
तिम्रो सेतो दरबारबाट
कालो पोतेर अनुहारभरि
सँधै-सँधैका लागि
सबै-सबैका लागि

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार