मंगलवार, ३ असार, २०८२

कविता : नाफै नाफाको बाल्यकाल

सानैमा स्कुल जाँदै घरको काम पनि गर्नु पर्थ्यो
घाँस काट्न जानु भन्दा गाई चराउन जाने गर्थेँ
होमवर्क पनि सकिने घाँस काट्न पनि सकिने
पशुलाई मेला छाडी अन्यकाम पनि गर्न पाइने।

गुरुले सोध्नु हुन्थ्यो घरमा तिमी के काम गर्छौ?
मैले भन्थेँ गुरुलाई गाईभैँसिलाई चराउने गर्छु।
कसरी चराउँछौ मलाई पनि सिकाइदेउन चेला?
घाँसेमेलामा पशुवस्तु लिइ नुन पनि छर्कि दिन्छु।

यसोगरे होमवर्कसँगै घाँस काट्न पनि सकिने
साँझमा बाल्ने दाउरा पनि खोज्न पनि सकिने
बाउ आमालाई सहयोग हुने काम पनि बाँडिने
पढाई सँगै आत्मनिर्भर जीवन बनाउन सकिने।

२०७९/११/२७

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार