मंगलवार, ३ असार, २०८२

कविता : विद्यार्थी बन्नु छ

म मालिक होइन
र नोकर पनि होइन
मलाई केवल विद्यार्थी हुनु छ
न उकालो चढ्नु छ
न ओरालो झर्नु छ
मलाई आफ्नै तरिकाले
सिधा बाटो हिँड्नु छ
न मलाई धेरै पढ्नु छ
न त थोरै पढ्नु छ

मलाई केवल विद्यार्थी हुनुको
महत्व बुझ्नु छ
आफ्नै अनुशासनको
गुणगान गाउनु छ
मलाई न सानो हुनु छ
न त ठूलो हुनु छ।

मलाई केवल विद्यार्थी हुनुको,
परिभाषा बुझ्नु छ
मलाई न त डाक्टर बन्नु छ
न वकिल बन्नु छ
मलाई त विद्यार्थीको दु:ख बुझ्नु छ
संघर्ष बुझ्नु छ र मेहनत बुझ्नु छ

मलाई लिनु छ त,
अनुशासनको पाठहरु मात्र
बाँकी सहनशीलता बुझ्नु छ
मलाई तँ को होस् भन्ने प्रश्नसँग जरुरी छैन
मलाई विद्यार्थी हुनुको फाइदा बुझ्नु छ

मलाई न मर्न देखि डर
न त बाँच्न देखि रहर नै
मलाई त विद्यार्थी हुनु छ
मलाई केवल दु:ख महसुस गर्नु छ
मलाई केवल झुक्नु छ यो
जिन्दगी बनाउन आफूले गरेका
संघर्षहरुसँग,
देखेका सपनाहरूसँग,
जागेका रहरहरुसँग

विद्यार्थी हुँ म
मलाई विद्यार्थीको महत्त्व बुझ्न मन छ
मलाई विद्यार्थीको,
त्याग, तपस्या, समर्पण जान्न मन छ
मलाई म होइन
संसारको श्रेष्ठ, नैतिकवान
एक विद्यार्थी बन्नु छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार