सोमबार, ८ पुष, २०८१

सत्यको विजयसँग जोडिएको
आदिमकथा!
हुनेखानेहरुको लागि जयजय पछि विजयमा
परिमार्जन र परिस्कृत भएको छ आज।
राक्षसहरुको सवर्नासको सम्झनाले
नव राक्षसहरु अंकुरण हुँदैछन् शोषणका खलियानबाट।
अनि मात्र गरिवीको उपहार
बोकेर आउँछ तिम्रो उत्सव।।

शरिरका वस्त्रले पालुवा फेर्न नपाउँदै
जिन्दगीले पूरा यात्रा हेर्न नपाउँदै
मिठो भोजनको स्वाद चाक्न नपाउँदै
सबैसँगको भेटघाटलाई बैना राखेर
खालि पेट, नांगो शरीर सँगै
सम्बन्ध बिच्छेदको अटुट
उपहार बोकेर आउँछ कठोर विपत्ति।।
अनि बनाइदिन्छ घरवारविहीन।।

एक टुक्रा खुसी,
एक मुट्ठी हाँसो
अंगालो भरि आशा पठाई देउन प्रिया
भन्दा भन्दै पर्खेको म!
पिडाको पहाड र आँसुको वर्षात
सँगै सुन्दर उपहार पठाई दियौ प्रिया।
सिंहदरबारको आँखीझ्यालबाट।

जन्मभुमिका धारापधेरा
आगनमा खेलेका बालापन
निधारमा लागएका टीका जमरा
साथिसंगि सँग खेलेको लिंगेपिङ,
सँग फेरि साइनो लगाउने
सपना अधुरै राखेर
देश निकाला गरेको हो
राहदानी उपहार दिएर।।
आमाबाको न्यानो काख भन्दा ,
प्यरो बनाउने रहेछ, पराईको बाध्यताले।

भुई मान्छेका पसिनाबाट
उम्रेका जमरा।
दु:ख टिपेर उनेका
फुलका माला।
पीडा र रगत मुछेर
बनाएका टिकासँगै
विछिप्त भएका निराशाहरु
हजुरका खुसि र शुभ बनोस्।
हजुरलाई पनि एउटा, उपहार दशै शुभकामना।।
दसाको बिहानीबाट।।
गरिबको जिन्दगानिबाट।
जिवित काहानीबाट।।

वर्ष भरिको
दुखाइ भुलाउने, थकान मेटाउने
मन भरीको घाउलाई निको बनाउने
मलमपट्टी त कसैसँग रहिनछ है।
दु:ख, पीडा, आँसु घटाउने बजारबाट
गरिबको ढाड भाँच्ने गरि
मूल्य बुद्धिको उपहार
पठाइ दिन्छ, हाम्रो सरकार
अनि हजुरलाई पनि दशै उपहार एउटा कविता।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार