बा
तिम्रो मुख हेर्ने दिन आज मात्र!
बा
तिम्रो हातको ठेला हेर्ने दिन कहिले?
तिम्रो फाटेको कोट हेर्ने दिन कहिले?
तिम्रो काँधको घाउ हेर्ने दिन कहिले?
तिम्रो मुख हेर्ने दिन आज मात्र!
बा
तिम्रो मनको पीडा हेर्ने दिन कहिले?
तिम्रो ऋणको भारि हेर्ने दिन कहिले?
तिम्रो खुसीका दिन हेर्ने दिन कहिले?
तिम्रो मुख हेर्ने दिन आज मात्र!
बा
तिम्रो लुकेको आँसु हेर्ने दिन कहिले?
तिम्र शरिरमा भिजेको पसिना हेर्ने दिन कहिले?
तिम्रो हाम्रा लागि आफ्नै खुसी हरायो हेर्ने दिन कहिले?
तिम्रो मुख हेर्ने दिन आज मात्र!
बा
तिम्राे पेटको भोक हर्ने दिन कहिले?
तिम्रो सुकुनको निद्रा हेर्ने दिन कहिले?
तिम्रो मृग तृष्णा तिर्खा हेर्ने दिन कहिले?
तिम्रो मुख हर्ने दिन आज मात्र!
बा
तिम्रो मुख हर्ने दिन वर्षमा एक चोटि मात्र किन आउँछ?
सायद यो नियम तिमीलेनै बनाएको हुनुपर्छ
मेरा दु:ख मेरा सन्तानले नहेरुन भनेर,
एकै दिन सबै पीडा लुकाएर मुख देउला भनेर,
बा
तिम्रो मुख हेर्ने दिन आज मात्र!














