सोमबार, २५ श्रावण, २०८३

विष्णुराज बुढाका चार मुक्तक

१.
विश्वास टुट्यो व्यवहार बदनाम देखेपछि
चर्को मूल्य बादलभित्र चर्को घाम देखेपछि
बजारमा कालो बजारी हो कि यथार्थ हो,
अचम्म लाग्छ ग्यास लिनेको लाम देखेपछि ।

२.
यो जीवनमा दु:ख बोकेर मनमा पिर बोकेर
बाँचेको एक अभागी तिम्रो तस्वीर बोकेर
यहाँ बाँच्न त मान्छे जसरी पनि बाँच्छ होला
तर म बाँचेको छु डोरी बोकेर जन्जिर बोकेर ।

३.
अब एकछिनपछि उसको पनि घर आउँछ
केही समयपछि आगनमा जन्तिको लहर आउँछ
तिमीले यस्तो किन गर्‍यो भनेको मात्रै के थिएँ
बदलामा तेरो मृत्यु हुन्छ भनेर उत्तर आउँछ ।

४.
खाएको नखाएको अनिकाल कसरी देख्छ
उसले टाढैबाट मेरो हाल कसरि देख्छ
बाँच्नेले पो संसार देख्यो दुनियाँ देख्यो
नदि नदेखेकोले नदीको छाल कसरी देख्छ ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार