बिहीबार, २८ फाल्गुन, २०८२

कविता: समयको खेल

हरेक समयले खेल खेल्छ,
अरूलाई सकाउँछु भन्नेहरू
एक दिन आफै सकिने छन्।

रोक्छु भन्नेहरू पनि
कुनै दिन रोकिने छन्।

खेलाडीले कुनै खेल हार्छ
कुनै खेल जित्छ।

तर खेल खेलाउनेहरू
कहिल्यै जित्दैनन्
कहिल्यै खेल सिक्दैनन्।

हार्नेहरू
हारबाट सिक्छन्
र एक दिन जित्छन्।

तर हराउनेहरू
न त सिक्छन्
न त जित्छन्।

किनकि अन्ततः
हरेक समयले
आफ्नै खेल खेल्छ।

-रमेश रावत ‘विक्रान्त’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार