बिहीबार, २१ फाल्गुन, २०८२

विश्व प्रतिजैविक प्रतिरोध सप्ताह जुम्लामा मनाईयो

निम्याट नेपालको आयोजनामा विश्व प्रतिजैविक प्रतिरोध सप्ताह कार्यक्रम जुम्लामा मनाइएको छ।’प्रतिजैविक प्रतिरोध विरुद्ध युवा अभियान’मूल नारासहित जुम्लामा आज विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइएको हो।

नोभेम्बर १८ देखि २४ सम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रमको आज अन्तिम दिन कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र जनस्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइएको हो।

प्रतिष्ठानका डाक्टर डबलबहादुर धामीले कुनै पनि रोगका बिमारीले औषधि लिइसकेपछि उक्त औषधिको पूर्ण रुपमा सेवन गर्नुपर्ने र डाक्टरको सल्लाह बिना स्वैच्छिक रुपमा औषधि प्रयोग गर्न नहुने बताए।

उनका अनुसार विश्वव्यापी रुपमा हुने औषधि सेवनको दुरुपयोगलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठनले नोभेम्बर १८ देखि २४ सम्म विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान विश्वव्यापी रुपमा चलाएको छ।

त्यस्तै जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले औषधिको सेवन गर्दा औषधि पूर्ण मात्रामा प्रयोग गर्नुपर्ने बताए। उनले भने, ‘औषधिको आधा प्रयोग गर्दा पछि पुनः औषधिले काम गर्दैन।’

आम नागरिकहरुमा बढ्दै गइरहेको अवैध औषधि सेवन र पूर्ण औषधि सेवन नगर्ने समस्या हुँदा यस विरुद्ध यो अभियान भएको प्रतिष्ठान अध्ययनरत विद्यार्थी दिलीप हरिजनले बताए।

पूर्व उपकुलपति डा. मंगल रावल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामी, जनस्वास्थ्य प्रमुख किरण कुमार शर्मा, सञ्चार तथा बाह्य सम्बन्ध अधिकारी तथा केएएचएस एएमआर क्लबका दिलीप प्रसाद हरिजन, एएमआर चरण २ का मुख्य प्रमुख गणेश नेपाली लगायतको कार्यक्रममा उपस्थित रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल