बिहीबार, २१ फाल्गुन, २०८२

सुरज पण्डितको नयाँ गीत ‘लैजा मेरी चरी’ चर्चामा

पण्डित एक बहुआयामिक व्यक्ति हुन्।गायन, संगीतकार तथा अभिनयमा पोख्त उनी राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनले आफ्नो सरकारी जागिर सँगै गीत,संगीतको यात्रालाई अघि बढाउदै दर्शकको मन,आफ्नो अद्भुत प्रतिभा मार्फत जितिरहेका छन्।

जुम्लाबाट गीत,संगीतको क्षेत्रमा अग्र भूमिकाको प्रतिनिधित्व गर्ने गायक सुरज पण्डितको नयाँ गीत ‘लैजा मेरी चरी’ले यतिबेला चर्चामा छ।

‘लैजा मेरी चरी’ गीतको भिडियो सार्वजनिक भएको आज एक हप्ता पूरा भएको छ। सुरज पण्डितको आधिकारिक युटुब च्यानल मार्फत् सार्वजनिक भएको उक्त गीतलाई अहिलेसम्मको समयमा एक लाख सत्ताईस हजार जनाले हेरिसकेका छ्न्। भने फेसबुक र टिकटकमा लाखौंको रोजाईमा यो गीत परेको छ।

पण्डित एक बहुआयामिक व्यक्ति हुन्।गायन, संगीतकार तथा अभिनयमा पोख्त उनी राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनले आफ्नो सरकारी जागिर सँगै गीत,संगीतको यात्रालाई अघि बढाउदै दर्शकको मन,आफ्नो अद्भुत प्रतिभा मार्फत जितिरहेका छन्।

हालसालै सार्वजनिक भएको म्युजिक भिडियोमा लैजा मेरी चरी गीत निकै भावनात्मक र प्रतिबिम्बित प्रकारको छ।
लैजा मेरि चरी,मलाई पनि उड्न मन छ।
वेदना मनभरि सुनाउ भन्या सुन्न्या कोही नाई

यसरी सुरु भएको यो गीतमा मनमा दबिएका भावनाहरु पोख्नको निम्ति सुन्ने कोही छैन् त्यसैले आकाशमा चराजस्तै स्वतन्त्र भएर उड्न मन छ। भन्दै गीत मार्फत चरालाई अनुरोध यस गीतमा उनले निकै विम्बात्मक शैलीमा प्रस्तुत गरेका छन्।

उनले यस गीतमा छाउपडी प्रथाबाट ग्रसित समाजको यथार्थलाई झल्काउने अर्को सुन्दर तर विद्रोही पक्षको वकालत गरेका छन्। जसमा उनी भन्छन्
घरिना छुई छन् कि आज घर भात पाकेन
भाविनी दुई छन् आधा सुखी आधा दुखी’

छाउपडी प्रथाले परिवार र समाजलाई कसरी नकारात्मक प्रभाव पारिरहेको छ भन्ने गीतको शब्द तथा उक्त भिडियोमा प्रष्ट देख्न सकिन्छ। त्यस्तै उनले गरिबहरुको विषयमा उठान गर्दै उनीहरुले गरिरहेको दु:खले न्याय नपाएको कुरा समेत उल्लेख छ।

उनले गीत मार्फत् वेदना मात्र पोखेका छैनन्। यो गीतले एक प्रकारको विद्रोह अझ भनौं सुक्ष्म रुपमा समाजको कुप्रथा विरुद्ध क्रान्ति समेत गरेको छ।

‘लैजा मेरी चरी’ गीतको शब्द, संगीत र स्वर सुरज पण्डितको हो। यो गीतको संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् भने रेकर्डिङ मारुनी स्टुडियोमा भएको हो। मिक्सिङ कुमार राणाले गरेका हुन्।

भिडियोमा स्वयं सुरज पण्डित र जुनु भण्डारीले अभिनय गरेका छन्। जुनु भण्डारीको अभिनयले थप सुन्दर तथा यथार्थपरक चित्रण गरेको छ।

त्यस्तै गीतको गितारमा सञ्जीव रसाइली,बाँसुरीमा रत्न विक सारङ्गीमा चर्चित सारंगीकार हेमन्त कान्छा रसाइली,लेदर पर्कसनमा भुवन गन्धर्वले गरेका हुन्।

त्यस्तै म्युजिक भिडियोको निर्देशन सम्पादन तथा क्यामेरामा सुमन खत्रीले गरेका छन् भने एसके भिडियो प्रोडक्सनबाट भिडियो निर्माण भएको हो।

अहिले यो गीतले थुप्रै प्रशंसा समेत पाइरहेको छ। यो गीतमा टिकटक र फेसबुक रिलमा हजारौंले भिडियो बनाइरहेका छन्। उनको रेलको बाटो,सिंहदरबार,रातो किताब,मिरा जस्ता थुप्रै गीतहरू चर्चाको शिखरमा छ्न्।

अहिले सार्वजनिक भएको लैजा मेरी चरी गीत एक वर्ष अघि कलाकार लक्ष्मी आचार्यले समेत यो गीतमा स्वर भरेकी थिइन्।

(भिडियो लिङ्क https://youtu.be/-shAA-ucjfU?si=MYRugkNS8o4raleX)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल