राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघले आज स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथिति तथा अनियमितता सम्बन्धी जानकारी सहितको ग्यापन पत्र बुझाएको छ।संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवा महङ्गो, मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव र निजी संस्थामा हुने श्रमिक शोषणलगायतका समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएका छन्।
१) उपशीर्षक:
निजी र मेडिकल क्षेत्रका बेथितिबारे ध्यानाकर्षण
ग्यापन पत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, उचित तलब–सुविधा, र निजी अस्पतालहरूमा पारदर्शिता सुनिश्चित गर्न माग गरिएको छ। स्वास्थ्य मंत्री माननीय सुधा सर्मालाई देश भरी संचालित अस्पतालहरुले गरेको श्रम शोषण , ठेक्का प्रथा, करार र ज्यालादारी समस्याको समाधानकोलागि ज्ञापनपत्रमा सुझाब उल्लेख गरिएको छ। त्यस अवसरमा माननीय मंत्रीबाट ठेक्का प्रथा रोक्न सुचना निकाल्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
मन्त्री शर्माले संघका मागहरूलाई गम्भीरतापूर्वक लिने बताउँदै मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल गर्ने र तत्कालै ठेक्का दिएका अस्पताल हरुमा अस्पतलले नै ब्याबस्था गर्ने गरि सुचना निकाल्ने आश्वासन दिनु भयो।
ग्यापन बुझाउने क्रममा संघका सह- अध्यक्ष दिनेश पोख्रेल ,युथ कमिटिका अध्यक्ष कर्ण बिस्वकर्मा, कोषाध्यक्ष तेज कडायत ,र सदस्य नेत्र कुसुहवा लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।















