शुक्रबार, २१ कार्तिक, २०८२

दैलेखमा पानी छोएको निहुँमा एक महिलामाथि कुटपिट 

दैलेख जिल्लाको आठबिस नगरपालिका ४ राकममा पानी छोएको निहुँमा जातीय विभेद गर्दै एक महिलामाथि निर्मम कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।

सामान्य पानी छोएको विवादलाई लिएर जातीय विभेद गर्दै दलित महिलामाथि कुटपिट गरिएको हो। मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन्।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध समेत भइरहेको छ। कर्णाली प्रदेशमा जातीय विभेदका घटनाहरु समय समय बाहिरिने गरिरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार