बिहीबार, २१ फाल्गुन, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको आज चार खेल सम्पन्न भएका छन् ।
टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगिताको आज चौथो दिन चार खेल सम्पन्न भएका हुन्।

आज भएको पहिलो खेलमा लेकाली युवा क्लब र एन डब्बु डीसी बीच प्रतिस्पर्धा हुँदा एन डब्लु डिसीले विजय हासिल गरेको छ। त्यस्तै दोस्रो खेलमा रोयल छिना युवा क्लब घोडेसिम युवा क्लबको खेलमा भने घोडेसिम युवा क्लबले पेनाल्टी मार्फत गोल गर्दै विजय भएको हो।

त्यस्तै अर्को तेस्रो खेलमा नमूना युवा क्लब र चन्दननाथ ४ टिमले खेल खेल्दा चन्दननाथ ४ को टिमले जितेको हो। चन्दननाथ चारले पनि दुई गोल बराबर हुँदा अन्ततः पेनाल्टी मार्फत चन्दननाथ ४ ले जित हात पारेको थियो।

आज भएको अन्तिम खेलमा बिहानी युवा क्लब र जनसमनता युवा क्लबबीच खेल प्रतिस्पर्धा हुँदा बिहानी युवा क्लबले ०-४ गोल गर्दै विजय भएको फुटबल आयोजनाका मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल