शुक्रबार, २१ कार्तिक, २०८२

अपहरित विपिन जोशी जीवित नरहेको पुष्टि, इजरायलले परिवारलाई दियो दुःखद् खबर

इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जिवित नरहेको जानकारी आएको छ।

इजरायली अधिकारीहरूले आज विपिनका परिवारजनलाई औपचारिक रूपमा सम्पर्क गरी उहाँ जीवित नभएको जानकारी दिएका छन्। यो दुःखद् खबर इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै सुनाएका हुन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यस जानकारीको पुष्टि गरेका छन्। टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, “विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो।

इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए।”
विपिनलाई हमास समूहले २०८० असोज २३ गते (अक्टोबर ७, २०२३) मा किबुज आलुमिमबाट अपहरण गरेको थियो। उनी मंसिरसम्म (डिसेम्बर २०२३) जीवित रहेको भिडियो यसअघि सार्वजनिक भएको थियो।

यद्यपि, राजदूतका अनुसार विपिन जोशीको पार्थिव शरीरको अवस्थाका बारेमा भने हालसम्म कुनै यकिन जानकारी प्राप्त हुन सकेको छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार