आईतवार, १ चैत्र, २०८२

प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “मूल नारासहित हिमा गाउँपालिकामा प्रथम हिमा गोल्डकप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

हिमा युवा एकता समाजद्वारा आयोजित र नेपाल अर्गानिक घरको सह-आयोजनामा हुने फुटबल प्रतियोगिता यहीँ असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म हिमा ५ को बाजागाडाको बालचौर मैदानमा प्रतियोगिता संचालन हुन लागेको हो।

उक्त प्रतियोगिता भाग लिने खेलाडी टिमहरुले असोज २६ गतेदेखि असोज ३० गते बिहान ९ बजेसम्म टिम दर्ता गर्न सक्नेछन्। टिम दर्ता लगत्तै खेल ३० गते बिहान १०:०० बजेबाट नै सुरु हुनेछ।

उक्त प्रतियोगितामा पुरस्कार राशी विजेताले रु.१००००० (एक लाख) पाउनेछन् भने उपविजेताले रु.५०००० (पचास हजार) पाउने अनाथ युवा क्लबका अध्यक्ष तथा एनफाका प्रतिनिधि नरजित शाहीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार