जुम्लाको गुठीचौर गाउँपालिका–३ गडकोटमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट आमा र छोरी घाइते भएका छन्।
शनिबार बिहान करिब ७:३० बजे बुमची कामी (उमेर करिब ३८ वर्ष) र उनकी छोरी सर्जिना कामी (उमेर १७ वर्ष) जंगलमा घाँस काट्ने क्रममा अचानक जंगली भालुको आक्रमणमा परेका हुन्।
आक्रमणबाट दुबै जनाको मुखमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि बिहान ८:३० बजे बुमचीका श्रीमान् कृष्ण कामीले तत्कालै दुबै घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याएका थिए।
हाल उनीहरूको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
















