बिहीबार, २१ फाल्गुन, २०८२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेको उपचारका लागि ‘जेन जी क्लिनिक’ सञ्चालन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘जेन जीआन्दोलन’ का क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि विशेष ‘जेन जी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ।

क्लिनिकको सम्पर्क व्यक्ति तथा समन्वयकर्ता रूपमा प्रतिष्ठानले इमर्जेन्सी विभागका प्रा.डा. विकाश गौचनलाई जिम्मेवारी तोकेको प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले बताए।

उनका अनुसार हाल देशभर फैलिएको जेन जी आन्दोलनको क्रममा केही स्थानमा प्रदर्शन हिंसात्मक बन्दै गएको र त्यसक्रममा घाइते हुनेहरूको उपचारका लागि सरकारी तथा शिक्षण अस्पतालहरूलाई विशेष तयारी अवस्थामा राखिएको छ।

यसै सन्दर्भमा, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सक्रियता देखाउँदै ‘जेन जी क्लिनिक’ सञ्चालनमा ल्याएको हो।

प्रतिष्ठानका निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार, “यस्ता आन्दोलनका बेला चिकित्सा सेवा पहुँचमा ल्याउनु हाम्रो सामाजिक दायित्व हो। हामी सम्पूर्ण जनशक्ति र स्रोतसाधनको उपयोग गर्दै घाइतेको शीघ्र उपचारमा जुटेका छौँ।”

‘जेन जी क्लिनिक’ मार्फत आन्दोलनका क्रममा घाइते हुनेहरूको तत्काल उपचार, स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा दिइने बताइएको छ।

सम्पर्क व्यक्ति प्रा.डा. विकाश गौचनमार्फत घाइतेको विवरण तथा समन्वयको कार्य सम्पन्न गरिनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल