आईतवार, १२ आश्विन, २०८२

सुर्खेतमा सवारी दुर्घटना: जुम्लालगायत विभिन्न जिल्लाका १७ जना घाइते

सुर्खेतमा भएको सवारी दुर्घटनामा जुम्ला, दैलेख, कालिकोट, मुगु र सुर्खेत जिल्लाका यात्रुहरू घाइते भएका छन्। दुर्घटनामा परेका सबै १७ जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा जुम्लाबाट पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूमा चन्दननाथ–१ का दिपेन्द्र दमाई र श्री परियार, सिंजा–५ का महेन्द्र शाही, सिंजा–३ की राज्य लक्ष्मी हमाल, र सिंजा–४ का ऐन रोकाय रहेका छन्।

कालिकोटको पचालझरना–३ का रोशन बि.क. र मुगुको सोरु–९ का दिनेश शाही पनि घाइतेको सूचीमा परेका छन्।

दैलेख जिल्लाबाट दुल्लु नगरपालिका क्षेत्रका तीन जना घाइते भएका छन्। उनीहरूमा दुल्लु–६ का शम्सेर खड्का, दुल्लु–१० का गणेश योगी र दुल्लु–११ का लक्ष्मण कार्की छन्।

घटनामा सुर्खेत जिल्लाका सात जना यात्रु पनि घाइते भएका छन्। उनीहरूमा बराहताल–४ का हरी मल्ल, वीरेन्द्रनगर–३ का लाल बहादुर शाही, वीरेन्द्रनगर–११ का नरेश शाही, लेकबेशी–६ का पर्शुराम घर्ती मगर, तथा सुर्खेतकै लक्ष्मी कठायत, रक्षा धिताल र बिष्णु शाही रहेका छन्।

दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ। यद्यपि, प्रारम्भिक अनुमानअनुसार सवारी साधनको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार