जुम्लाको तातोपानी गाउँपालिका–४ ऐरेनीस्थित नन्दप्रसाद न्यौपानेको घरमा अज्ञात समूहले तोडफोड गर्दै ठूलो परिमाणमा लुटपाट गरेको छ।
घटनामा नगद दुई लाख ८३ हजार रुपैयाँसहित घरमा राखिएका विभिन्न गरगहना समेत चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मी ले जानकारी दिएका छन्। लुटपाट गर्ने समूहको परिचय हालसम्म खुलेको छैन।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।