शनिबार, ११ आश्विन, २०८२

दैलेखमा ट्रक ठक्करबाट कालिकोटका २५ वर्षीय युवकको मृत्यु

दैलेख । दैलेखको रामाघाट पुल नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब ४ः३० बजे कर्णाली प्रदेश ००२–००१ ख ०२७५ नम्बरको ट्रकले बाग्मती प्रदेश ३–०२–००६ प ८५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

ठक्करबाट मोटरसाइकलमा पछाडि सवार कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–११ का २५ वर्षीय एडमन शाहीको घटनास्थलमै मृत्यु भएको हो । उनी एस क्लबका उदयीमान खेलाडी समेत रहेको बुझिएको छ । मोटरसाइकल चालक विपिन भारती भने सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी नायब निरीक्षक लालबहादुर सुनारका अनुसार ट्रक चालक बालाराम खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार