बिहीबार, २१ फाल्गुन, २०८२

जुम्लामा दशैंको अवसर पारी एक लाख रासीको फुटबल प्रतियोगिता हुँदै

गिडिदह युवा क्लब, तातोपानी गाउँपालिका–४ जुम्लाले बडादशैँ तथा तिहारको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबका अनुसार प्रतियोगिता २०८२ असोज १९ गतेदेखि हाँकु टापु, तातोपानीमा सञ्चालन हुनेछ।

टिम दर्ता असोज १७ गतेसम्म गर्नुपर्नेछ। दर्ता शुल्क रु.१० हजार तोकिएको छ।

विजेता टिमलाई रु.१,०१,१०१ र उपविजेता टिमलाई रु.५१ हजार पुरस्कार दिइनेछ।

साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र स्कोररलाई विशेष पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार