सोमबार, २५ फाल्गुन, २०८२

कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोला र राजमार्गको अर्को ठाउँमा बिहान गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ।

हिजो रातीको अविरल वर्षाको कारण गगने खोलामा पहिरो गएको थियो भने निरन्तर वर्षाको कारण सडकखण्डको अर्को ठाउँमा बिहान पहिरो गएको हो।

अहिले लगातार वर्षा भइरहेको र बाटो खुल्न २ घण्टाजति लाग्ने सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार