सामाजिक सञ्जालको दुरुपयोग गरि नक्कली विवाह गराउने दुईजना आरोपित पक्राउ परेका छन्। फेसबुक लगायतको माध्यमबाट नक्कली बुवा तथा छोरी बनेर ठगी गर्ने मनसायले विवाह पश्चात् बेहुलीले नगद तथा गरगहना लगेर बेपत्ता भई ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा दैलेख घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्ने गोपाल कुमार विक र अछाम घर भई वीरेन्द्रनगर बस्ने अन्दाजी ३८ वर्षकी भविसरा रास्कोटी मगर पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पीडितको उजुरी अनुसार आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।














