बुधबार, ३० पुष, २०८२

अछाम रानीवनमा एकै परिवारका दुई सदस्य झुन्डिएको अवस्थामा फेला

तुर्माखाँद गाउँपालिका–६, रानीवन बाँडेपानीमा एकै परिवारका दुई सदस्यको असामयिक निधन भएको छ।

स्थानीय स्रोतका अनुसार खेलाउडा सर्पे बि.क. र कमल बि.क.की छोरी साउनि बि.क. तथा प्रेमकला बि.क.को निधन भएको हो।

अचानक घटेको यस घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। गाउँवासीहरूले घटनालाई रहस्यमय भन्दै छानबिन गर्न र सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रहरी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला लैजाने तयारी भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार