जुम्लामा एकजनासँग सामान्य विवाद भएपछि सिंगो गाउँको लाइन काटियो भन्ने विषयमा समाचार बाहिरिए पछि नेपाल विद्युत प्राधिकरण जुम्लाले त्यसको खण्डन गरेको छ।
चन्दननाथ नगरपालिका -३ डाँडाकोट स्थित सिंह सार्कीको घर गर र घर परिवार कसैलाई नसोधी आफै विद्युतको नयाँ मिटर जडान गरे।
मिटर घर बाहिर राख्नुपर्ने थियोे भित्र किन राखेको भनेर सार्कीले प्रश्न गर्दा भन्दा प्राधिकरणका कर्मचारी रिसाए। त्यसपछि सामान्य खालको विवाद भएको थियो सोही कारण सिंगो गाउँको लाइन नै काटिएको हो।
तर नेपाल विद्युत प्राधिकरण जुम्लाले त्यसको खण्डन गर्दै आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै सूचना जारी गरेको छ । उक्त स्टाटसमा लेखेको सूचना यस्तो छ।
विद्युत मिटर जडान गर्ने सम्बन्धी सूचना !
यस नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्र अन्तर्गत च. ना. न.पा. वडा नं. ३ डाडाकोट क्षेत्रमा साविक जुगाडखोला लघु जलविद्युत आयोजनाबाट विद्युत संचालन भएकोमा केही महिना अघि उक्त लघु जलविद्युत आयोजना बन्द भई सो क्षेत्रमा ने. वि. प्रा. को विद्युत लाइन चालू भैसकेको अवस्थामा केही ग्राहक महानुभावहरुले हाल सम्म पनि आवश्यक कागजात सहित मिटर जडान प्रक्रियामा यस कार्यालयमा नआएको हुदा सम्बन्धित ग्राहकले आवश्यक कागजात सहित यस ने.वि.प्रा. जुम्ला वितरण केन्द्रमा आई आवश्यक प्रक्रिया पूरा गरी मिटर जडान गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिन्छ । साथै त्यस क्षेत्रमा कार्यालयबाट मिटर जडान तथा मिटर रिडिङ सम्बन्धी काम कारवाही गर्दा आवश्यक सहजिकरण गरिदिन हुन सम्बन्धित सबैमा अनुरोध छ ।
तर यस विषयमा बुझ्न खोज्दा नेपाल विद्युत प्राधिकरण जुम्लाका प्रमुखको फोन समेत अफ रहेको छ।