सोमबार बिहान विद्युत् प्राधिकरणका जुम्लाका कर्मचारी चन्दननाथ नगरपालिका -३ डाँडाकोट स्थित सिंह सार्कीको घर गर र घर परिवार कसैलाई नसोधी आफै विद्युतको नयाँ मिटर जडान गरे।
मिटर घर बाहिर राख्नुपर्ने थियोे भित्र किन राखेको भनेर सार्कीले प्रश्न गर्दा भन्दा प्राधिकरणका कर्मचारी रिसाए। त्यसपछि सामान्य खालको विवाद मात्रै भएको डाडाकोटका स्थानीय राजन नेपाली बताउँछन्।
तर अहिले सिंगो गाउँको लाइन काटिएको छ।
“प्राधिकरणका कर्मचारी आफै मनलाग्दी गर्ने अनि अहिले आएर गाउँलाई सजाय दिन खोज्नु न्यायसंगत हुन्छ त?,” उनले प्रश्न गरे।
प्राधिकरणले लाइन काटिदिएपछि गाउँ नै अन्धकारमा परुको अर्का स्थानीय नवराज नेपालीले जानकारी दिए।
उनले भने, “एकजनासँगको सामान्य विवादका कारण गाउँलाई नै साजाय दिने काम गतिलो होइन।”
यो विषयमा यथार्थ कुरा बुझ्न खोज्दा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहले सुरुमा फोन उठाएनन्। पछि फोन अफ गरि बसेका छन्।