
(फाइल तस्बिर)
कर्णाली राजमार्ग अवरुद्ध भएको आज तीन दिन भएको छ। सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोलामा गएको ठूलो पहिरोको कारण हालसम्म सडक अवरुद्ध भएको हो।
सडकमा ठूला ढुङ्गा खसेर उक्त ढुङ्गा फुटाउन नसक्दा सडक खुल्न सकेको छैन्। आइतबार बिहानदेखि दुई वटा एक्स्काभेटर लगाएर पनि ठूलठूला ढुङ्गा पन्छाउन नसकिएको डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।
उक्त अवरुद्ध सडक खुल्न सम्भव भएन भने विस्फोट गरेर भए पनि खुलाउने तयारी भएको उनले जानकारी दिए। तीनदिन देखि अवरुद्ध हुँदा कर्णाली राजमार्गमाअ यात्रा गरिरहेका यात्रुहरूले सास्ती भोग्नुपरेको छ।