शनिबार, ११ आश्विन, २०८२

जुम्लामा १६ अटो नियन्त्रणमा, ६ सवारी कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले सोमबार बिहान सञ्चालन गरेको सवारी चेकजाँच क्रममा १६ वटा अटो नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका निमित्त प्रमुख झलक गिरिको कमान्डमा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा गरिएको चेकजाँचमा ती अटोहरू आवश्यक कागजात नदेखाएपछि नियन्त्रणमा लिइएको हो।

उनका अनुसार अन्य ६ वटा सवारी साधन समेत ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन्।

निमित्त प्रमुख गिरीले कुटिरो डट कमसँग कुरा गर्दै भने, “जुम्लामा सवारी चालकलाई पटक–पटक कागजात परिपक्व बनाएर मात्र सवारी चलाउन सम्झाएका थियौं। तर, नियम पालन नगरेकाले बाध्य भएर अटो नियन्त्रणमा लिनुपर्‍यो।”

उनका अनुसार, अब कागजात परिपक्व बनाएर आएपछि मात्रै नियन्त्रणमा रहेका सवारी साधन फिर्ता गरिनेछ। गिरीले भोलि पनि यस्तै चेकजाँच अभियान सञ्चालन हुने जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार