बुधबार, २० फाल्गुन, २०८२

सडकको गुणस्तरप्रति प्रश्न उठाउँदै सांसद ज्ञानेन्द्र शाहीको सडक डिभिजन जुम्लालाई ध्यानाकर्षण

शाहीले पत्रमार्फत कार्यालयसँग यसबारे यथाशीघ्र लिखित जवाफ पनि मागेका छन्। “समस्याको तत्काल समाधानका लागि कार्यालय गम्भीर बन्ने विश्वास लिएको छु,”उनको पत्रमा उल्लेख गरिएको छ।

प्रतिनिधिसभा सदस्य तथा जुम्ला जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद ज्ञान बहादुर शाहीले जुम्ला बजारदेखि नाग्मासम्म निर्माणाधीन कालोपत्रे सडकको गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक डिभिजन कार्यालय, जुम्लालाई औपचारिक रुपमै ध्यानाकर्षण गराएका छन्।

शाहीले डिभिजन कार्यालयलाई सम्बोधन गर्दै पठाइएको पत्रमा हालसालै निर्माण गरिएको कालोपत्रे सडकको सतह विभिन्न ठाउँमा उक्किएको, असमान देखिएको र निर्माणको छोटो अवधिमै प्रश्न उठ्न थालेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “सडक सतह असमान भएपछि सवारी आवतजावतमा कठिनाइ भएको छ र दुर्घटनाको जोखिम समेत बढेको छ।”

साथै उनले उक्त सडक निर्माणमा प्रयोग गरिएका सामग्री तथा समग्र कार्यको गुणस्तरको सम्बन्धमा प्राविधिक टोलीमार्फत तत्काल जाँचबुझ गर्न, र आवश्यकता अनुसार निर्माण कम्पनीलाई मर्मत तथा सुधारका लागि निर्देशन दिन आग्रह गरेका छन्।

शाहीले पत्रमार्फत कार्यालयसँग यसबारे यथाशीघ्र लिखित जवाफ पनि मागेका छन्। “समस्याको तत्काल समाधानका लागि कार्यालय गम्भीर बन्ने विश्वास लिएको छु,”उनको पत्रमा उल्लेख गरिएको छ।

यसो गर्दा लामो समयदेखि प्रतीक्षित सडक पूर्वाधार गुणस्तरीय र सुरक्षित बनाउनेतर्फ जनप्रतिनिधिको चासो देखिएको जनाइएको छ।

उनी थप्छन् जुम्ली जनताको तर्फबाट आज सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशनात्मक रूपमा ध्यानाकर्षण गराएका छौं। सम्पूर्ण जुम्लीबासी दिदीबहिनीहरू तपाईँहरूलाई भरोसा गराउन चाहन्छु मापदण्ड विपरीत जुम्लामा न कुनै सडक बन्नेछ न कुनै पुलपुलेसाहरू बन्नेछन् यदि त्यस्ता बनेका खण्डमा पुननिर्माण गराइनेछ।

मापदण्ड विपरीत बिल भुक्तानी भएको पाइएमा कानुनी कारबाही गरिनेछ। चाहे त्यो मन्त्री होस् चाहे त्यो प्रधानमन्त्री होस् कानुनभन्दा ठूलो कोही छैन् उनले जिकिर समेत गरेका छन्।

जुम्लाका संचारकर्मीलाई धन्यवाद ज्ञापन गर्दै खोजमूलक र सुशासनयुक्त भिडियो तथा समाचार सामग्रीहरू प्रसारण गरिराख्न अपिल समेत गरेका हुन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल