भर्खरै बाल्यकाल पार गरेका प्रदीपले हालसम्म दर्जनौं जिल्लाहरूको दृश्य, संस्कृति र कथालाई डकुमेन्टरीमा उतारिसकेका छन् । उनको यात्रा केवल रोमाञ्च मात्र नभएर एक साहसिक र नेपाललाई चिनाउने राष्ट्रिय अभियानको रुपमा अघि बढिरहेको छ।
भोजपुर जिल्लाका १९ वर्षीय पत्रकार तथा युट्युबर प्रदीप राई विगत चार वर्षदेखि डकुमेन्ट्री भिडियो निर्माणमा सक्रिय पात्र हुन्। देशका विभिन्न जिल्लाहरूको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक धरोहरहरूलाई भिडियोमार्फत विश्व सामु चिनाउने उद्देश्यले उनले सुरु गरेको अभियान अहिले देशव्यापी बनिरहेको छ।
नेपालका ७७ वटै जिल्लाको यात्रा गर्ने लक्ष्यसहित प्रदिप अहिले बिना पैसा नेपाल घुम्दै छन्। खाना, बास र यातायातको लागि स्थानीयहरूबाट सहयोग लिँदै, उनले हरेक स्थानको पहिचान झल्काउने डकुमेन्ट्री तयार पारिरहेका छन्। हाल उनी दाङ जिल्ला पुगेका छन् भने अबको यात्रा उनको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको हुनेछ ।
भर्खरै बाल्यकाल पार गरेका प्रदीपले हालसम्म दर्जनौं जिल्लाहरूको दृश्य, संस्कृति र कथालाई डकुमेन्टरीमा उतारिसकेका छन् । उनको यात्रा केवल रोमाञ्च मात्र नभएर एक साहसिक र नेपाललाई चिनाउने राष्ट्रिय अभियानको रुपमा अघि बढिरहेको छ।
उनी भन्छन् ‘देशलाई विश्वसामु चिनाउन र विभिन्न सांस्कृतिक परम्परालाई भिडियो मार्फत उजागर गर्ने लक्ष्य रहेको’बताउछन्