सोमबार, ९ भाद्र, २०८२

एक दशक पछि नेपाल तरुण दल जुम्लाको पाँचौ अधिवेशन हुँदै, सबै तयारी पुरा

नेपाल तरुण दल जिल्ला कार्य समिति, जुम्लाको पाँचौ अधिवेशन यही साउन ९ गते हुने भएको छ। सो अधिवेशनको पूर्वसन्ध्यामा साउन ४ गते नेपाल पत्रकार महासंघ शाखा, जुम्लाको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो।

नेपाल तरुण दल जुम्लाका जिल्ला अध्यक्ष दिपेन्द्र हमालका अनुसार अधिवेशनमा प्रमुख अतिथिका रूपमा नेपाल तरुण दलका केन्द्रीय सहमहामन्त्री डिना उपाध्याय सहभागी हुने कार्यक्रम रहेको छ।

अधिवेशन लामो समयपछि हुन लागेको हो। यद्यपि संगठनको विधानअनुसार तीन वर्षमा एकपटक अधिवेशन गर्नुपर्ने प्रावधान रहेको भए पनि विभिन्न कारणले करिब एक दशकपछि मात्र अधिवेशन हुन लागेको नेपाल तरुण दल जुम्लाका सचिव हेम बुढथापाले जानकारी दिए।

सचिव बुढथापाका अनुसार अबका दिनमा जुम्लाका युवाका आवाजलाई संस्थागत रूपमा बुलन्द बनाउँदै लैजाने प्रतिबद्धता संगठनले लिएको छ। “हामी तरुण दलका माध्यमबाट जिल्लाका युवा–युवतीका शिक्षा, रोजगारी, अवसर र अधिकारका मुद्दा सशक्त ढंगले उठाउँदै लैजानेछौं,” उनले भने।

अधिवेशनमा जिल्लाभरिका प्रतिनिधिहरूको सहभागिता रहने छ। नयाँ नेतृत्व चयनसँगै संगठनलाई सशक्त र प्रभावकारी बनाउने कार्ययोजना पनि अधिवेशनले तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार