मंगलवार, १३ माघ, २०८२

व्यक्तिको डोजर सडकमा पर्किङ, तीन सरकारी कार्यालय र गुम्बामा पुग्न समस्या

स्थानीय निर्माण व्यवसायीले सार्वजनिक सडकमा डोजर पार्किङ गर्दन चन्दननाथ नगरपालिका–४ मा रहेका तीन सरकारी कार्यालय र जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य गुम्बा जाने सडक ठप्प हुँदा सेवाग्राही र कर्मचारीहरू हैरान भएका छन्।

सडकका राखिएको डोजरले बाटो अबरुद्ध हुँदा सडक डिभिजन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयसम्म सवारीसाधन पुग्न सकेका छैनन्।

सडक डिभिजन कार्यालय जुम्लाका कम्प्युटर अपरेटर सुवास रोकायाका अनुसार चन्दननाथ नगरपालिका–६ छिनाबाट ती कार्यालय र गुम्बा जाने बाटोको बीचमा विगत तीन वर्षदेखि थन्किएको एउटा जेसीबी (हेभी मेसिन) को कारण बाटो अवरुद्ध भएको हो।

“उक्त स्थानमा थन्किएको जेसीबीले सवारी आवागमन पूरै अवरुद्ध पारेको छ। कार्यालयका टिप्पर, जेसीबी र अन्य सवारीहरू बाहिर काममा पठाउन वा ल्याउन समस्या भएको छ,” रोकायाले जानकारी दिए।

उनका अनुसार अफिसका गाडीहरू बाहिर राख्दा असुरक्षा हुने डर रहेको र भित्र राखिएका सवारीहरू काममा प्रयोग गर्न पनि ठुलो बाधा पुगेको छ। समस्या समाधानका लागि चन्दननाथ नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लामा पटक–पटक पत्राचार गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरिएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार अवरुद्ध भएको बाटोमा रहेको जेसीबी चन्दननाथ नगरपालिका–६ का स्थानीय दिलक रावलको हो। “उहाँलाई थुप्रै पटक मेसिन हटाउन आग्रह गर्‍यौं, तर उहाँले वास्ता गर्नुभएको छैन,” चौधरीले भने।

चौधरीले सम्बन्धित निकायलाई यथाशीघ्र बाटो खुलाइदिन पत्रमार्फत आग्रहसमेत गरेका छन्। तर स्थानीय प्रशासन र सरोकारवाला निकायबाट समस्या समाधानमा कुनै पहल नभएको जनाइएको छ।

यस विषयमा डोजर मालिक रावललाई दुई पटक फोन सम्पर्क गर्दा रावलले फोन उठाएनन्।

यता प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले कुरा भइरहेकोले एक दुई दिनमा समस्या समाधान हने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार