बिहीबार, २१ फाल्गुन, २०८२

चन्दननाथ मन्दिरको दानपेटिका फुटाएर भेटी चोर्ने एकजना पक्राउ

जुम्लाको चन्दननाथ मन्दिरको दानपेटिका फुटाएर भेटी चोर्ने चन्दननाथ-१० का २७ वर्षीय वीरजित कामीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार साँझ पक्राउ गरिएको हो।

मजदुरी गर्ने कामीले गत बिहीबार दिउँसो २:४० बजे दानपेटिकाबाट भेटी चोरेका थिए। सीसीटीभी फुटेजले अनुसन्धानमा सहयोग गरेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी रबिनबाबु रेग्मीले मन्दिरको सुरक्षालाई थप कडाइ गरिएको जानकारी दिए। हाल प्रहरी हवल्दारको नेतृत्वमा मन्दिरको सुरक्षा व्यवस्था गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल