सोमबार, ९ भाद्र, २०८२

अछामको टोटकेसालमा सुदूरपश्चिम एकता सेवा समाजद्वारा राहत वितरण

सुदूरपश्चिम एकता सेवा समाजको आयोजनामा पञ्चदेवल विनायक नगरपालिका–४, टोटकेसालमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।

समाजका अध्यक्ष मकर बहादुर रावलको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हर्क बडुवाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजसेवी तथा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बडुवाल, इलाका प्रहरी चौकीका प्रमुख रामबहादुर एरी, बेलखेत बजारका प्रतिनिधि, समाजसेवी शिक्षक बल बहादुर कार्की र समाजका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो।

वडाध्यक्ष हर्क बडुवालको रोहवरमा आयोजित कार्यक्रमको सञ्चालन समाजका सदस्य नर बहादुर बिष्टले गरे।

कार्यक्रममा टोटकेसाल निवासी न्यून आयस्रोत भएकी एकल महिला इसरा तिरुवा र कुजेडा निवासी लालशोभा कामीलाई राहत वितरण गरिएको थियो।

समाजका उपाध्यक्ष भरत साउदले यसअघि आठबिस नगरपालिकामा जनचेतनामूलक कार्यक्रम, सरसफाइ, वृक्षारोपणलगायतका कार्यहरू सञ्चालन गरिएको र यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार