सोमबार, ९ भाद्र, २०८२

कर्णालीमा सामाजिक न्यायका लागि नाट्य कला हुँदै: युवा-युवतीलाई ६ महिने कार्यशालाको अवसर

कार्यशाला १८ देखि ४० वर्ष उमेर समूहका सुर्खेतमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने १५ जना उत्साही युवा-युवतीका लागि सुनौलो अवसर बन्ने अपेक्षा गरिएको छ।

कर्णाली आर्ट सेन्टरले सामाजिक न्याय स्थापनाको दीर्घकालीन लक्ष्यलाई साकार पार्न कर्णाली प्रदेशका युवा-युवतीहरूलाई लक्षित गर्दै ६ महिने अभिनय शिल्प, नाटक लेखन, नाट्य परियोजना निर्माण, व्यवस्थापन र नेतृत्व विकास कार्यशाला आयोजना गर्ने भएको छ।

कार्यशाला १८ देखि ४० वर्ष उमेर समूहका सुर्खेतमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने १५ जना उत्साही युवा-युवतीका लागि सुनौलो अवसर बन्ने अपेक्षा गरिएको छ।

कार्यशाला २०८२ असार २१ गतेदेखि प्रत्येक शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। कुल २६ सत्रहरू समावेश हुने यो कार्यशालाको प्रति सत्र शुल्क रु. २५० निर्धारण गरिएको छ, जुन रकम प्राविधिक र व्यवस्थापकीय प्रयोजनका लागि प्रयोग हुने कर्णाली आर्ट सेन्टरका अध्यक्ष हिरा विजुली नेपालीले जानकारी दिए।

उनका अनुसार इच्छुक युवा-युवतीले २०८२ असार १५ गते बेलुका ५ बजेसम्म फारम भर्न सक्नेछन्। कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुनेछ।

कार्यशालालाई कर्णालीको सामाजिक परिवर्तन र सांस्कृतिक जागरणको कोसेढुंगा हुने बिजुलीको भनाइ छ। उनले भने, “हाम्रो समाजमा नाटक र कलाले सामाजिक न्याय र समानताको सन्देश प्रवाह गर्न सक्छ। यो कार्यशाला मार्फत हामी युवाहरूलाई कला र नेतृत्वको माध्यमबाट सामाजिक मुद्दाहरूमा सक्रिय बनाउन चाहन्छौँ,” उनले भने।

कलाकार विष्णुमाया नेपालीले यो कार्यशालालाई कर्णालीका युवाहरूका लागि आफ्नो प्रतिभा उजागर गर्ने सुनौलो मञ्च भएको बताइन्। “कला भनेको केवल मनोरञ्जन होइन, यो समाजको ऐना हो। यो कार्यशालाले युवाहरूलाई आफ्नो कथा, आफ्नो दुख र सपनालाई नाटकको माध्यमबाट व्यक्त गर्न सिकाउनेछ,”

उनले भनिन्, “हामी कर्णालीका युवाहरूलाई यो अवसरमा सहभागी भई आफूलाई नयाँ उचाइमा पुर्‍याउन आह्वान गर्छौँ।”

यो कार्यशालाबारे थप जानकारी लिन इच्छुक व्यक्तिहरूले कर्णाली आर्ट सेन्टरको सम्पर्क नम्बर ९८४१६५९३३८, ९८६४८१२६०७, र ९८६५१५७९७८ मा सम्पर्क गर्न सक्नेछन्। साथै, इमेल karnaliarts@gmail.com मार्फत पनि जानकारी लिन सकिनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार