सोमबार, ९ भाद्र, २०८२

जुम्ला सदरमुकाममा गणेश मन्दिर निर्माण हुँदै

चन्दननाथ नगरपालिकाको पाँच मुख्य बजारमा गणेश मन्दिर निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ।

करिब बीस लाखको लागतमा बन्ने यो मन्दिरले स्थानीय बजारको सांस्कृतिक र धार्मिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहमा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले मन्दिर निर्माणले स्थानीय समुदायको एकता र धार्मिक सद्भावलाई प्रोत्साहन गर्ने बताए।

उनले भने, “यो मन्दिर धार्मिक स्थल मात्र नभई हाम्रो सांस्कृतिक पहिचानको प्रतीक बन्नेछ।”

त्यस्तै उपप्रमुख रामदेवी खड्काले मन्दिर निर्माणले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

“यसले स्थानीय बासिन्दालाई मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्नेछ,” उनले थपिन्।

प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले मन्दिर निर्माणका लागि आवश्यक बजेट र प्राविधिक सहयोग सुनिश्चित गरिएको जानकारी दिए।

“हामीले यो परियोजनालाई समयमै सम्पन्न गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेका छौं,” उनले भने।

इन्जिनियर लोकेन्द्र महतले मन्दिरको डिजाइन र निर्माणमा गुणस्तरीयता र स्थानीय कला-संस्कृतिको समिश्रणलाई विशेष ध्यान दिइएको बताए।

“हामीले मन्दिरलाई टिकाउ र आकर्षक बनाउन प्राविधिक पक्षमा विशेष जोड दिएका छौं,” उनले उल्लेख गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार