मंगलवार, १ पुष, २०८२

२०७५ देखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको विनायकमा रमेश पौडेलको आगमन!

वि.सं. २०५७ सालमा स्थापना भएको पञ्चदेवल विनायक नगरपालिकाको प्रशासन कार्यालय देशमा जनआन्दोलनको यात्रासँगै जिल्लाको सदरमुकाम मङ्गलसेनमा सारिएको थियो। २०५७ देखि २०६५ सम्म आन्दोलन रोकिएसँगै विनायकमै कामहरू सुचारुरूपले सञ्चालन गरिएका थिए।

पञ्चदेवल विनायक नगरपालिकाका जनताले धेरै समयपछि राहत पाएका छन्। २०७५ देखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको कारण जनताले सास्ती खेप्नुपरेको थियो। कैयौँ वृद्धवृद्धालाई कष्ट थियो, विद्यार्थीहरूलाई आफ्नो पढाइ अवरुद्ध गरेर जिल्लासम्म धाउनुपर्ने बाध्यता थियो।

त्यहाँका जनताको वास्तविक मर्म बुझेर आज प्रशासन कार्यालयले प्रमुख भित्राएसँगै दुर्गमका कुनाकुनामा अवस्थित गाउँटोलमा रहेका अपाङ्ग, बुढापाकाहरूले दुख खेप्नुपर्ने छैन। पञ्चदेवल विनायक नगरपालिका एक आँखाले देखेजस्तो, मुखले भनेजस्तो विकसित पालिका अन्तर्गत पर्दैन।

भौगोलिक आधारमा र त्यहाँको जनसङ्ख्याको दृष्टिकोणले यो अत्यन्तै विकट पहाडी क्षेत्र हो, जहाँ प्रशासन कार्यालयबाट पाउने सेवा सुविधाका लागि धेरै जोखिम निम्त्याउने सम्भावना हुन्छ। अब पालिकामा कार्यालय प्रमुख रमेश पौडेलको आगमनसँगै जनताले टाढा–टाढासम्म पुगेर कष्ट गर्नुपर्ने छैन।

वि.सं. २०५७ सालमा स्थापना भएको पञ्चदेवल विनायक नगरपालिकाको प्रशासन कार्यालय देशमा जनआन्दोलनको यात्रासँगै जिल्लाको सदरमुकाम मङ्गलसेनमा सारिएको थियो। २०५७ देखि २०६५ सम्म आन्दोलन रोकिएसँगै विनायकमै कामहरू सुचारुरूपले सञ्चालन गरिएका थिए।

फेरि २०६५ देखि २०७१ सम्म जिल्लाले प्रशासन प्रमुखविहीन हुँदा जिल्लामै कामकाज हुने गरेका थिए। साविकका २४ वडाहरूको स्वामित्व हुनेगरी तोकिएको इलाका प्रशासन कार्यालय विनायकमा यस कार्यालयबाट सेवा लिने पालिकाहरूमा तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका, रामारोशन गाउँपालिका र स्वयम् पञ्चदेवल विनायक नगरपालिका पर्दछन्। अब त्यो अवस्था सिर्जना हुने छैन।

जनताको माग र आपूर्तिका लागि नगरपालिकाको पहलसँगै विनायक इलाका प्रशासन कार्यालयले प्रमुख भित्र्याएको छ। छ। २०७५ देखि कार्यालय प्रमुख नहुँदाको पीडा अब जनताले बिर्सन सक्नेछन्।

आफ्नो कर्मभूमि कर्णाली नदीको सीमानाको जिल्ला दैलेखको भैरवी गाउँपालिकामा जन्मिएका रमेशका लागि इलाका प्रशासन कार्यालय विनायक उहाँको प्रमुखको जिम्मेवारी मात्र नभएर जनतलाई सेवा सुविधा दिन हरपल तत्पर रहने र आफ्ना दुखसुख साट्ने क्षणिक अवसर बन्न पुग्नेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार