सोमबार, २ असार, २०८२

बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा शिक्षक व्यावसायिक विकास तालिम सम्पन्न

बर्दघाट नगरपालिकामा पहिलोपटक मन्टेश्वरी तथा शिक्षक व्यावसायिक विकास (Teacher Professional Development) तालिम आयोजना भएको छ।

ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा.लि.द्वारा आयोजित यो तालिममा नवलपरासीका ९ वटा विद्यालयबाट ६० जना महिला शिक्षकहरूले सहभागिता जनाएका थिए।

बर्दघाट नगरकै एकमात्र मन्टेश्वरी तथा केयरगिभर तालिम केन्द्रका रूपमा स्थापित उक्त ट्रेनिङ सेन्टरले बालबालिकाको सर्वाङ्गीण विकासका लागि दक्ष मन्टेश्वरी सहजकर्ता उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो।

तालिमले मन्टेश्वरी पद्धतिमा आधारित शिक्षण-सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन सहयोग पुग्ने कार्यक्रमका अध्यक्ष थम अधिकारीले बताए।

ब्राइट करियर ट्रेनिङ सेन्टरका म्यानेजिङ डिरेक्टर राज अधिकारीले विपन्न परिवारका महिलाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउन विशेष सहुलियतमा मन्टेश्वरी र इसिडी तालिम प्रदान गर्दै आएको जानकारी दिए।

यो तालिमले शिक्षकहरूको दक्षता अभिवृद्धि गर्नुका साथै बालबालिकाको शिक्षणमा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार